पुस, २८ काठमाडौं । सिभिल बैंकले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभांश दिने प्रस्ताव गरेको हो ।गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजीको ६७ करोड ३९ लाख ६९ हजार६४ करोड २ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव बैंकको छ ।
सिभिलको चुक्तापुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ छ । यसमध्ये ६४ करोड २ लाख रुपैयाँ बराबरको बोनस र ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको बैंकले जनाएको छ ।प्रस्तावित बोनस सेयरधनीलाई वितरण गरेपछि बैंकको चुक्तापुँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि आगामी वार्षिक साधारणसभामा पेश हुनेछ । सभाले पारित भएपछि सेयरधनीले बोन सेयर पाउने छन्।