रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी...

image
सोमबार, माघ ५ २०७७

माघ,५ काठमाडौं । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ ।आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेका छन् ।अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीबारे खुल्न नसकेको बताए । ‘आगलागीबारे खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । हामी सबै फिल्डमा छौं,’ उनले भने ।