प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ.....

image
आइतबार​, फागुन ९ २०७७

फागुन, ९ काठमाडौं । धानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेकपा प्रचण्ड–माधव समूहका ६ जना काठमाडौंको नैकापमा पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार प्रधानमन्त्री ओली दहचोक महोत्सव उद्घाटन गर्न सोही बाटो हुँदै जाने तयारी थियो । कालोझण्डा देखाउने तयारीमा बसेका नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताहरु दाताराम पनेरु, बिमल लम्साल, विनोद भट्ट, उत्सव भट्ट र प्रितम भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कालीमाटी वृत्तमा राखिएको छ ।

संसद् विघटन पछि नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री र मन्त्रीहरुलाई कालोझण्डा देखाउने गरेका छन् । सत्ताधारीहरू कालो झण्डा देख्नेबित्तिकै तर्सन्छन् । खासमा कालो झण्डा त विरोधको एउटा प्रतीक मात्रै हो, शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन हो । अचम्म लाग्छ, कालो झण्डादेखि यति धेरै डराउनु किन पर्यो ? करोडौं, अर्बौँको सार्वजनिक र निजी सम्पत्ति जलाउँदा भन्दा चार/पाँच सय खर्च गरेर बनाएको पुत्ला जलाउँदा किन धेरै पोल्छ ?

आजभोलि कालो बिरालोले बाटो काट्दा सामान्य मान्न थालिएको छ तर कालो झण्डा देखाउँदा चाहिँ ठूलै आपत्ति किन हुन्छ ? जसरी कालो बिरालोले बाटो काट्दा सामान्य रूपमा लिन थालिएको छ त्यस्तै कालो झण्डा देखाउँदा पनि सामान्य रूपमा लिनुपर्छ । कालो झण्डा देखाउने भनेको एउटा शान्तिपूर्ण विरोधको शैली हो भन्ने बुझे पुग्छ ।

कालो झण्डा देखाउने प्रवृत्तिले आयोजकलाई भने हैरान पारेको हुन्छ । आयोजकलाई हैरान मात्रै होइन नेताहरूलाई आफ्नो बदनामी हुने उत्तिकै डर हुन्छ र अपमान पनि । कालो झण्डादेखि आयोजक र अतिथि दुबै तर्सिएका छन् । यसले सुरक्षा चिन्ता समेत बढाउने गर्छ ।

आफूले बोलाएको कार्यक्रम आउँदा कसैले कालो झण्डा देखाएर आफ्नो नेताको अपमान हुने हो कि र पछि अन्य कार्यक्रममा बोलाउँदा नआउने हो कि भन्ने आयोजकलाई चिन्ता हुन्छ । अतिथिलाई आफूलाई कालो झण्डा देखाएको समाचार मिडियामा आउने हो कि भन्ने डर छ ।

हुन पनि मिडियाहरू सकरात्मक भन्दा नकारात्मक समाचार छिटो र बढी आउने गर्छन् । नकारात्मक समाचार त छिनभर मै मिडियादेखि सामाजिक सञ्जालमा भाइरल हुन्छन् ।