माघ, २३ काठमाडौं । सरकारले काठमाडौंमा जलाइएको ट्याक्सीका चालकलाई क्षतिपूर्ति दिने भएको छ ।नेकपा प्रचण्ड–माधव समूहको बन्दका क्रममा बिहीबार काठमाडौंको सामाखुसीमा ट्याक्सी जलाइएको थियो ।
काठमाडौंमा शुक्रबार भएको नेकपाको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जलाइएको ट्याक्सीका चालक र अन्य क्षतिको सरकारले क्षतिपूर्ति दिने बताए । उनले भने “ट्याक्सीको इन्स्योरेन्स गरेको छ भने इन्स्योरेन्स कम्पनीले क्षतिपूर्ति दिन्छ छैन भने सरकार छ सरकारले दिन्छ ।”