जनकपुरमा पूर्वमन्त्रीको टाउको फुट्यो...

image
बिहीबार, माघ २२ २०७७

माघ,२२ काठमाडौं । आज नेकपा (प्रचण्ड नेपाल) समूहले गरेको आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ ।

झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको छ ।बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए ।केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरे पनि संख्या एकीन भएको छैन ।