समर्थकको नारावाजीका बीच रामकुमारी झाँक्री निवासबाट पक्राउ...

image
बिहीबार, माघ २९ २०७७

माघ, २९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले शंखमूलस्थित उनको निवासबाट पक्राउ गरेको छ ।कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले गिरफ्तारी दिएकी हुन् ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई पक्राउ गरेको हो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो ।राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा सोधपुछका लागि प्रहरीले झाँक्रीलाई बोलाएको थियो ।