मकवानपुरकाे भिमफेदी गाउँपालिका-६ भिमफेदीमा बुधवार नेकपा माओवादीकाे सम्पर्क कार्यलय उद्घाटन गरिएकाे छ।
कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी माेक्तानले राजनीति सधै सरल रेखा मा नहिंडी बक्र रेखा भयर हिड्ने हुँदा सबै मिली नेकपा माओवादी केन्द्र लाई देशको १ नम्बर पार्टी बनाउने पर्ने बताईन् । उनले राम बहादुर थापा लाल गद्दार लाई जनताले अब को चुनाव बाट पछार्ने पनि बताईन् ।
प्रदेश सदस्य वीर बहादुर घलानले सबै सधैं निरन्तर भएर अघि बढी समाजवादकाे बाटाे लब्याउनुपर्ने बताए । उनले पार्टी हामीले नै बनाई पार्टीलाई सबैले निरन्तरता दिनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा जिल्ला सदस्य रन्जित कुमार रानाले जिल्लाको सर्कुलर वाचन गर्दै गाउँपालिका अन्तर्गत ९ वटै वडाहरूमा पार्टी सुदृढीकरण अभियान सन्चालन गर्ने निर्णय गरे ।
केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कमरेड कुमारी मोक्तान को प्रमुख आतिथ्यता रहकाे कार्यक्रममा प्रदेश सदस्य वीर बहादुर घलान कमरेड ज्वालाको विशेष आतिथ्यता तथा भिमफेदी गाउँपालिका का. बा. अध्यक्ष दिपक गोलेकाे सभाध्यक्षतामा कार्यक्रम भयको थियाे।
कार्यक्रममा नेकपा माओवादी केेेेन्द्र जिल्ला सचिवालय तथा कार्यालय सदस्य कमरेड प्रमिला लामा श्रद्धा, सचिवालय सदस्य कमरेड बद्री बहादुर स्याङ्तान, जिल्ला सदस्य हरु अप्सरा लोप्चन रन्जित कुमार राना र प्रीती लाल लामाको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमले वडा न १ मा अध्यक्ष रामेश्वर थिङ, इन्चार्ज दिपक वाइबा, २ मा अध्यक्ष लेखराम डिम्डुङ, इन्चार्ज भिम थाेकर, ३ मा अध्यक्ष अर्जुन थिङ्ग, इन्चार्ज बुद्दिमान बज्यु, ४ मा अध्यक्ष नमराज मोक्तान, इन्चार्ज अमृत बल, ५ मा अध्यक्ष प्रदिप वाइबा, इन्चार्ज लक्ष्मण पुडासैनी, ६ मा अध्यक्ष गोपाल शर्मा, इन्चार्ज कृष्ण वाइबा, ७ मा अध्यक्ष जीवन आले, इन्चार्ज सुर्य ब. सिजाली, ८ मा अध्यक्ष पदम थिङ, इन्चार्ज डिस्टाराम वाइबा र ९ मा अध्यक्ष कार्साङ लामा, इन्चार्ज सिताराम रुम्बा चयन गरिएकाे थियाे ।
कार्यक्रम भिमफेदी गाउँपालिका वडा नं. ४ का इन्चार्ज अमृत बलले संचालन गरेका थिए । (Reporter Eros Lama)