चर्चित रियालिटि सो ‘द भ्वाइस अफ नेपाल’ मा गायक राजेशपायल राई कोचको रूपमा

image
शनिबार, आषाढ १२ २०७८

हिमालय टेलिभिजन एच डि बाट हरेक हप्ताको शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुदै आइरहेको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को कोचमा नयाँ कोच चुनिएका छन् । कोरोनाको कारण लामोसमय स्थगित गरिएको सो हिजो शुक्रबारदेखि पुनः सञ्चालन भएको छ । भ्वाइस अफ नेपालमा गायक राजेशपायल राईले कोच दीपको कार्यभार सम्हालेका छन् । सोही सो का वरिष्ठ कोच एवं महागुरू गायक दीप श्रेष्ठ अस्वस्थ बनेपछि राई एपिसोड २२ बाट राईले कार्यभार सम्हालेका हुन् ।

कोरोनाभाइरस संक्रमण भएपछि घरमा नै स्वास्थ्य लाभ गरिररहेका गायक दीपले केही समय आराम गर्नुपर्ने भएपछि राईलाई कोचका रुपमा लिइएको भ्वाइस अफ नेपालले जनाएको छ ।

नयाँ कोचको लागि शुभकामना दिँदै भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले पनि आफ्ना प्रिय भाई राजेशपायल राईलाई कार्यभार सुम्पेका हुन् । 

कोच सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।