मंगलबार देखि काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने

image
सोमबार, आषाढ १४ २०७८

काठमाडौं उपत्यकामा भोलि (मंगलबार) देखि सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्ने भएका छन् । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । ती बसहरूले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने छ । उपत्यकामा निजी सवारी साधन अघिल्लो हप्तादेखि नै जोर बिजोरका आधारमा चलिसकेका छन् ।

उपत्यकामा कोरोना संक्रमणको दर उल्लेखनियरूपमा नघटेकाले निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको दिइएको उहाँले बताउनुभयो ।