‘मेरी बास्सै’ कि पल्पसा डंगोल ‘चम्सुरी’ को दुबै मृगौला फेल

image
सोमबार, श्रावण ४ २०७८

हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ की चर्चित कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ का दुबै मृगौला फेल भएर अस्पतालमा भर्ना भएकि छन् । मृगौला सम्बन्धी समस्या भएपछि उनी केही दिन अगाडि महाराजगञ्जको टिचिङ अस्पतालमा भर्ना गरिएको हो । मृगौलाको समस्याको कारण उनि एक महिना अस्पतालमा भर्ना भएर केहि दिन अगाडि मात्र घर फर्किएकी चम्सुरी त्यही समस्या बल्झेकोले पुनः अस्पतालमा भर्ना भएकि हुन् ।

उनले केहि समय देखि यता डायोलोसिस गर्दै आइरहेकी थिइन् । अहिले डायोलोसिसका गर्न समेत समस्या भएपछि डक्टरले मृगौला प्रत्यारोपण गर्नु पर्ने बताएका छन् ।

बिगत १३ वर्षदेखि नियमित रूपमा ‘मेरी बास्सै’ मा अभिनय गर्दै आएकि चम्सुरीले अन्य सिरियल, म्युजिक भिडियोमा समेत अभिनय गरेकि छन् । ‘मेरी बास्सै’ मा उनले कुञ्जना घिमिरे 'सुन्तली' को आमाको भुमिका निभाएकी छन् । उनको निर्देशनमा रहेको सिआडी सिरियल ‘दृष्टि’ दर्शकले निकै मन पराएका थिए ।

उनको सिघ्र स्वास्थ लाभको कामना गर्दै अन्य कलाकारहरूले पनि भेट गरिरहेका छन् ।