म्याग्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु ६ जना घाइते

image
बिहीबार, आषाढ १७ २०७८

म्याग्दीको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा हिजो बेलुका साढे ८ बजे जीप दुर्घटना भएको हो । दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

जीप दुर्घटना हुँदा पूर्णगाउँका २३ वर्षीय अनिल रसाईली, २५ वर्षीय सुदन आचार्य, ३६ वर्षीया अमृता राम्जाली, २६ वर्षीया एन्जिला भण्डारी, ८ वर्षीया एडिना नेपाली र ३५ वर्षीया गीता खत्री घाइते भएका छन् । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।