आजको मौसमः सामान्य देखि भारी बर्षाको सम्भावना

image
शनिबार, आषाढ २६ २०७८

शनिवार – २६, आज मनसुन हिजो अस्तिको भन्दा केही  कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा घाम लागेर मौसम सफा भए पनि दिउँसो भने फेरि बद्ली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाका अनुमान रहेको छ । अहिले सुदूरपश्चिम प्रदेशको केही ठाउँ, गण्डकी र वाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनको साथमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।