टिपरको ठक्करबाट २ को मृत्यु १ घाइते

image
आइतबार​, आषाढ २० २०७८

काठमाण्डौको टोखा नगरपालिकामा हिजो राति करिब १२ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्ष २६ का चालक सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने वर्ष २२ का दिपेश थापाको को घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार रहेका ३ मध्ये २ को मृत्यु र १ घाइते भएका छन् । घाइते बर्ष ३० का सागर खतिवडाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । मृतकहरू बेलकोट नगरपालिका ६, नुवाकोटका रहेका छन् ।  टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।