गुल्मीमा चोरको बिगबिगी, आधा दर्जन पसल र विद्यालयमा चोरी तथा तोडफोड

image
शुक्रबार​, आषाढ २५ २०७८

गुल्मी - मुलुक यतिखेर कोरोनासँग सामना गरिरहेको बेला गुल्मीमा भने चोरको बिगबिगी छाएको छ ।

गुल्मीदरवार गाउँपालिका वडा नं. २ जुभुङ्ग गुल्मी मा गए राती सरकारी कार्यालय देखि घर र पसल हरु मा चोरीको घटना भएको छ ।  सुर्योदय मा.बि, महाकाली निम्न माध्यमिक बिद्यालय, गुल्मी दरवार गाउँपालिका वडा न:२ जुभुङ्ग को वडा कार्यालय, उर्लाकोट स्थित तिल बहादुर रजालीको किराना पसल, रमेश राना को घर, चुर्ण प्रसाद श्रेष्ठ लगायत आधा दर्जन घरमा चोरी भएको छ । राती १ वजेर १६ मिनेटमा सुर्योदय मा. वि. को सि.सि.क्यामेरामा स्पष्ट रूपमा रेकर्ड भएको फुटेजमा विद्यालय कार्यालयमा भएको स्टिल दराज तोडफोड गर्दै गरेको देखिन्छ । सुर्योदय मा. वि. बाट करिब नगद रू १०,००० चोरी र  ४ थान स्टिल दराज, टेवल तोडफोड तोडफोड भएको छ भने महाकाली नि.मा.वि. को कार्यालय तोडफोड गरि नगद रू १५,००० चोरी र  २ थान स्टिल दराज तोडफोड गरिएको छ भने तिल बहादुर रजालीको पसलबाट नगद रू ९०००, चुर्ण प्रसाद श्रेष्ठको घरवाट २ थान मोवाईल चोरी भएको छ । विद्यालय र वडा कार्यालय तोडफोड गरि नगद लगेपनि विद्यालयमा भएका कागजपत्र र कम्प्युटरहरूमा कुनै क्षति पुर्याएको छैन ।  घटनाको प्रकृति हेरी इलाका प्रहरी मजुवाबाट आएको प्रहरी टोलीले अनुसन्धानलाई अगाडि वढाउने भने पनि यसरी एकै रातमा गाउभरी भएको चोरीको घटनाले स्थानिय वासी त्रसित भएका छन् । सि.सि. फुटेजका आधारमा चोरको स्पष्ट हुलिया र अनुसन्धानलाई सूक्ष्म रूपमा शुरू गरिसकिएको बताउदै चोरीमा संलग्न अपराधी छिटै पक्राउ पर्ने वडाध्यक्ष हरिहर गौतमले वताउनु भयो ।

कमल सारू मगर