सारु मगर गुल्मी, १३ साउन ।
आज विहान करिव ११ वजे गुल्मीको शान्तिपुर बाट जिल्ला सदरमुकाम तम्घास तर्फ जादै गरेको लु. १ ज ४५५९ नं. को यात्रुवाहक जिप अनियन्त्रित भइ गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ बडागाँउ स्थित दोभान भन्ने स्थानमा सडक बाट करिव ४०० मिटर तल खस्दा घटनास्थालमा ३ जनाको मृत्यु भएको छ ।
स्थानिय बाट घटनाको जानकारी प्राप्त भएपछि २३ जनाको टोली खटीइ उद्धार गरेको प्रहरी कार्यालय मजुवा ले वताएको छ । गुल्मी जिल्ला चन्द्रकोट गा पा वडा न ४ शान्तिपुर वस्ने वर्ष अन्दाजी ४५ का तेज बहादुर खत्री, ऐ.ऐ. वडा न ५ वस्ने वर्ष ४८ का रेशम कार्कि र रेसङ्गा न पा वडा न ३ बाख्रेछेडा बस्ने बर्ष ६८ की काली भन्ने शुसिला वि क को घटना स्थलमै मृत्यू भएको छ । गाडीमा चालक सहित १० जना सवार रहेका थिए भने गम्भिर घाइते ४ जनामा चालक गुल्मी जिल्ला चन्द्रकोट गा पा ५ बस्ने वर्ष ३५ का बम बहादुर वि क, ऐ.ऐ. वडा न ६ बस्ने बर्ष २० की विनिता परियार, ऐ. ऐ. वडा न ४ शान्तिपुर बस्ने बर्ष ३९ का गगन क्षेत्री, ऐ. ऐ. वडा न ५ बस्ने वर्ष २२ का सुनिल वि क छन् । विरामीलाइ उपचारका लागि पाल्पा तर्फ पठाइएको छ भने अन्य ३ जना मध्यम अवस्था रहेका ऐ. ऐ. वडा न ७ बस्ने वर्ष ३३ का गोकुल भण्डारी, ऐ. ऐ. बस्ने वर्ष २३ की मुना भण्डारी र रेसुङ्गा न पा वडा न २ वस्ने बर्ष २३ की रमिता भण्डारीको जिल्ला अस्पताल गुल्मीमा उपचार हुदै भइरहेको र घटना स्थल प्रहरीचौकी, मजुवावाट करिव ८ कि मी पश्चिम रहेको प्रहरी चौकी मजुवाले बताएको छ ।