आज कुनै स्थानहरूमा भारी वर्षाको सम्भावना कुनै स्थानमा मौसम सामान्य बदली रहने

image
सोमबार, आषाढ २१ २०७८

अहिले देशभर मनसुनी  वायुको  प्रभाव रहिरहेको हुँदा आज देशका केही स्थानहरुमा मेघगर्जन सहित भारी वर्षाहुने सम्भावना रहेको छ  । प्रदेश नम्बर–१, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश–१, प्रदेश नम्बर–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश–१, प्रदेश–२, वाग्मती र गण्डकीका केही स्थानहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरेखोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।