भुजेल र खानको नेतृत्वमा हेटौंडा ४ को युवासंघ र ऐकेडेमी

image
शनिबार, श्रावण ३० २०७८

हेटौंडा, ३० साउन/ हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको नेपाल कम्युनिष्ट  पार्टी (एमाले) युवा संघले मुकेश भुजेलको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल गठन गरेको छ भने सोही वडामा रहेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीले समिर खानको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरको छ । हेटौंडा-४ मा रहेको संघ र ऐकेडेमीको युवा भेला कार्यक्रमले शनिबार नयाँ कार्यसमिति गठन गरेको हो । 

भेलाले युवा संघको उपाध्यक्षमा सन्तोष मानन्धर, सचिवमा सुभम लम्साल, कोषाध्यक्षमा आशिष सुवेदी, सह सचिवमा शृषा ढकाललाई चयन गरिएको छ भने स्पोर्ट्स ऐकेडेमीको उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा सिद्धान्त पुडासैनी, सह-सचिवमा समीर सापकोटा, कोषाध्यक्षमा रञ्जु पराजुलीलाई चयन गरिएको छ । 

नेकपा एमाले ४ न वडा अध्यक्ष क. राजेन्द्र बास्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य तथा एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल, विशिष्ट अतिथि नेकपा एमाले सचिवालय सदस्य नवीन सिग्देल, अतिथिहरु पार्टी नगर सचिव बोल बहादुर कार्की, खेलकुद विकास समिति अध्यक्ष सानु लामा, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेल, युवा संघ जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती, मदन भण्डारी स्पोर्ट्स ऐकेडेमी मकवानपुका अध्यक्ष प्रकाश सुवेदी, अनेरास्ववियु केन्द्रीय सदस्य भुवन मैनाली र नविन मिश्र, स्पोर्ट्स एकेडेमी नगर अध्यक्ष सविन मुक्तान लगायतको उपस्थिति रहेको थियो ।

- इरोज लामा