अनेरास्ववियु भिमफेदीद्वारा भिमफेदी गाउँपालिका भरका सबै विद्यार्थीलाई खोप लगाउन माग

image
बुधबार, श्रावण २० २०७८

काठमाडौं, २० साउन/ नेकपा एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) भिमफेदी कमिटीले बुधवार भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई भेटी पालिकाभरी रहेका सबै विद्यार्थीहरूलाई खोप लगाउन माग गर्दै पत्र बुझाएकाे छ । 

वर्तमान समयमा कोरोनाको तेस्रो भेरियण्ट नेपालमा पनि देखा परेको सन्दर्भमा बालबालिका तथा विद्यार्थीहरूमा यसको असर देखिने विज्ञहरूकाे विश्लेषण भएसँगै खाेप लगाउन माग गरेकाे हाे । 

"राष्ट्रिय परीक्षा बोर्डले यही साउन २४ गते बाट लिने परीक्षामा विद्यार्थीहरूकाे भौतिक उपस्थिति हुने हुंदा कोरोना संक्रमण फैलन बाट बच्न परीक्षार्थीहरूलाई तत्काल खोपको व्यवस्था हुनुपर्ने", अनेरास्ववियु केन्द्रीय सदस्य आशिष अस्लामीले बताए ।

यस्तै पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार, स्वास्थ्य मन्त्रालयकाे निर्देशन विपरीत लगाउँदा जवाफ दिन अन्याैलता हुने भएकाले र खोपमा उमेर हद भएकाेले पनि विद्यार्थीहरूलाई खोप लगाउने बारे अन्यौलता रहेको बताए । 

उनका अनुसार आफुहरु विद्यार्थीहरूलाई खोप लगाउन सकारात्मक रहेको बताए भने उमेर समूहका आधारका बारेमा बुझी कक्षा१२ मा अध्ययनरत सबै संकायका विद्यार्थीहरूलाई  उमेरकाे हककाे आधारमा खोप लगाउन सकिने बताए ।

(Reporter: Iroj Lama)