आजको मौसम, सबै प्रदेशमा भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

image
बुधबार, श्रावण २० २०७८

नेपालमा मनसुनी वायुको प्रभाव रहिरहेककोले जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुँदा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक - दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।  त्यस्तै राति  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाले पहाडी  भू- भागमा भूक्षय, पहिरो जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।