काठमाडौं, २४ साउन/ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जिल्ला खोप तथा अनुगमन समितिको निर्णयानुसार भोलि सोमबारदेखि मंगलबारसम्म कोभिड-१९ विरूद्धको दोस्रो मात्राको AstraZenica खोप लगाउने भएको छ । पहिलो मात्राको खोप रामकोट स्वास्थ्य चौकी र सितापाईला स्वास्थ्य चौकीमा गत फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म खोपलगाईएको व्यक्तिहरूलाई खोप लगाईने भएको हो ।
"दोस्रो खोप लगाउन जाँदा पहिलाको खोप लगाईएको खोप कार्ड अनिवार्य रूपमा लिएर जानुपर्ने र खोप लगाउन आ-आफ्नै वडाहरूमा जानुपर्ने", नागार्जुन नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कमला पन्थले बताईन् ।
खोप बिहान १० बजेदेखि साँझ ४ बजेसम्म नागार्जुन नगरपालिका अन्तर्गत रहेका सबै वडाहरूमा हुनेछ ।
- इरोज लामा