हिजो देखि निरन्तर वर्षा हुँदा बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ ।
मङ्गलबार राति करिब १२ बजे बाढी घरमा पसेको स्थानीयवासीले बताए । राति एक्कासी बाढी गाउँमा पस्दा स्थानीयवासीको भागाभाग भएको थियो ।
खानेपानीका मुहान, तरकारी टनेल, धानखेतसमेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन् । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युतका पोल समेत ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ ।