गण्डकी टेलिभिजनका पत्रकार अपिल त्रिपाठी अस्पतालमा भर्ना

image
बुधबार, श्रावण २० २०७८

गण्डकी टेलिभिजन पोखराका चर्चित पत्रकार अपिल त्रिपाठी गण्डकी अस्पतालमा भर्ना भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या आएपछि गण्डकी मेडिकल कलेज ‘GMC’ भर्ना गरिएको आफ्नो फेसबुक वाल मार्फत परिवारले जानकारी दिएका छन् । उनको अपरेसन पश्चात स्वास्थ्यमा केही सुधार आएको र केही समय अस्पातलमा नै बित्ने परिवारले जनाएका छन् ।

पछिल्लो सयम विभिन्न समसामयिक घटनाहरू तथा समाजमा घटेका अराजक घटनाहरूलाई ‘गण्डकी छड्के’ कार्यक्रम मार्फत प्रसारण गरि निकै चर्चामा आएका छन् ।