घरको छतबाट खसेर एक महिलाको मृत्यु...

image
आइतबार​, श्रावण ३१ २०७८

साउन,३१ काठमाडौं । कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर एक मजदुर महिलाको मृत्यु भएको छ । शनिबार स्थानिय गिता बिष्टको निर्माणाधिन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका – ६ लालपुर बस्ने ३७ बर्षीय बसन्ती देवी जैसीको छटबाट खसेर मृत्यु भएको हो ।

काम गर्दै गर्दा छतबाट खसेर गम्भिर घाईते जैसीलाई सुरुमा पदमा अस्पतालमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो ।उनको सेती अस्पतालमा उपचारका क्रममा शनिबार नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।