हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार रातको ८ बजे देखि प्रसारण हुने नेपालको चर्चित सिङ्गिङ रियालिटी सो ‘द भोइस अफ नेपाल सिजन - ३’ को ग्राण्ड फिनाली अथवा फाइनल आज शनिबार र भोलि आईतबार राति ९ बजे देखि प्रसारण हुनेछ । ‘द भोइस अफ नेपाल सिजन ३’ उपाधीको घोषणा पनि भोली नै हुनेछ ।
सयौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै टप 4 सम्म आँउदा चारवटै जजहरूबाट एक-एक जना रहेका छन् । टिम दीप बाट आर्यन तामाङ, टिम प्रमोद बाट किरन गज्मेर, टिम राजु बाट तारा श्रिस मगर, र टिम ट्रिष्णा बाट ज्वाला राई रहेका छन् । उनीहरूले ब्लाइन्ड अडिसन, ब्याटल, नकआउट र लाइभ राउन्ड हुदैँ ग्राण्ड फिनाली सम्म आइपुगेका हुन् । चार वटै प्रतिस्पर्धीका लागि भोटिङ आज राती ८ बजे सम्म मात्र खुल्ला रहनेछ ।
द भोइस अफ नेपाल बिजेताले २५ लाख नगद, भोइस अफ नेपालको ट्रफी, एउटा नयाँ कार र संसार भ्रमणको अफर प्राप्त गर्नेछन् ।