गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा हिजो आज भुसिया कुकुरको निकै विगविगि छ । सडकको छेउछाउ, गल्ली गल्लीमा कुकुरहरूको समुह देख्न सकिन्छ । यसरी छाडा छोडिएका कुकुरले विद्यालय जाने बालबालिकाहरू तथा वृद्दहरूलाई लेखेट्ने, टोक्ने गरेको र यससम्बन्धी नगरपालिकाले खासै चासे नदेखाएको स्थानियको गुनासो रहेको छ । साथै रातमा पनि कुकुर भुकेर सुत्न नदिएको गुनासो रहेको छ ।
अहिले कुकुरले टोकेर अस्पताल जानेको सङ्ख्या बढ्दो छ, यदि कुकुरको आतङ्कलाई समयमा नै समाधान नगर्ने हो भने रेबिज रोग फैलन सक्ने सम्भावना प्रवल रहेको छ ।