निवुवाटार, ३० भदौं/ निब्टा क्लब निवुवाटारले पूर्व अध्यक्ष स्वर्गीय रमेश लामाको नाममा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । क्लबले निवुवाटारस्थित आफ्नै भवनमा बुधवार सभा सम्पन्न गरेको हो ।
क्लबले आयोजना गरिएको स्व. रमेश लामाको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नु हुँदै क्लबका वर्तमान अध्यक्ष सागर पाण्डेले दुई वर्ष क्लबको अध्यक्ष रहनुभएको स्व. लामाले क्लबको उन्नति सँग–सँगै आर्थिक सहयोग गर्नुभएको बताउनुभयो । उहाँका अनुसार स्वर्गीय लामाले सिंगो निवुवाटार बासीको मन जित्न सफल भएको र आउने दिनहरूमा यस क्लबले खेलकुदका कार्यक्रमहरू आयोजना गर्ने बताउनुभयो ।
क्लबका उपाध्यक्ष रविन लामाका अनुसार हरेक पल क्लबमा उहाँको सम्झना रहि रहने र हरेक वर्ष उहाँको सम्झनामा वार्षिक कार्यक्रमहरू आयोजना गर्न क्लब तयार रहेको बताउनुभयो ।
त्यस्तै वाराही माध्यामिक विद्यालय निवुवाटारले आयोजना गरिएको विद्यालयका पूर्व अभिभावक संघका अध्यक्ष स्वर्गीय रमेश लामाको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नु हुँदै एक मिनेट मौनधारण गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यले बताउनुभयो ।
क्लबमा अध्यक्ष हुनुभन्दा पहिला लामा वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहनुभएको थियो । उहाँ देश बाहिर रहनुभएता पनि क्लबको लागि धेरै मिहेनत र सरसहयोग गर्न तत्पर हुनुहन्थ्यो ।
- इरोज लामा