मकवानपुर, २५ असाेज/ भिमफेदी गाउँपालिका वडा नं. ४ चिउरीबगैंचामा साेमबार नेकपा (एमाले) काे पार्टी कार्यालयकाे स्थापना तथा विजयादशमीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपालीहरूकाे महान चाडपर्व विजयादशमी, शुभ दिपावली तथा छठ- २०७८ काे पावन अवसरमा कार्यालयकाे स्थापना तथा शुभकामना आदानप्रदान भएकाे हाे ।
नेकपा (एमाले) भिमफेदी गाउँपालिका वडा नं. ४ का पार्टी कमिटी अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कमरेड सूर्यबहादुर भुजेलले रिवन काटेर कार्यालयकाे उद्घाटन साथै पानसमा बत्ती बालेर कार्यक्रमकाे सुरूवात गर्नुभएकाे थियाे । कार्यक्रममा सबैले चाडपर्वकाे शुभकामना आदानप्रदान गर्नुभएको थियाे ।
पार्टी कार्यालय स्थापनासँगै कमरेडहरूले आफ्ना जनगुनासाे कार्यालय परिसरमा प्रत्येक महिनाकाे पहिलाे शनिबार भेला कार्यक्रम राखेर जनगुनासाेकाे समाधान निकाल्न सकिनेछ ।

कार्यक्रममा कमिटी उपाध्यक्ष रीता थापा, नारायणबहादुर गाेले, इन्द्रबहादुर पाख्रिन, गाेपाल स्याङतान, रामकृष्ण सारू, सिताराम थापा, लालबहादुर थापा, रमेश आचार्य, विनाेद लामा, सन्ताेष घागा मगरलगायतकाे उपस्थिती रहेकाे थियाे ।