असोज २३, काठमाडौं । नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा नेशनल प्याब्सन कागेश्वरी मनाहरा नगर समितिको संयोजनमा अनुपम फुडल्याण्ड बत्तीस पुतलीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेशनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष खडक बस्नेतको सभापतित्व, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय देवेन्द्र पौडेलको प्रमुख आतिथ्य तथा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष रितु सापकोटाको विशेष आतिथ्यतामा सुसम्पन्न उक्त कार्यक्रममा नेशनल प्याब्सन नागार्जुनको समन्वयमा मोती जयन्तीको अवसरमा गत भाद्र ११ र १२ गते सम्पन्न दुई दिने कविता लेखन तथा वाचन कार्यशाला गोष्ठीमा रचना गरिएका कविताहरूको सँगालो "बाल सृजना" को विमोचन तथा उत्कृष्ट १० मा पर्न सफल कविताका रचनाकारहरूलाई पुरस्कार तथा ट्रफि वितरण गरिएको थियो ।

कार्यक्रम नेशनल प्याब्सन काठमाडौंका सचिव अमृत खड्का तथा नेशनल प्याब्सन नागार्जुन नगर कमिटिका सचिव चन्द्र क्षेत्रीले सञ्चालन गर्नुभएको थियो।

