भोलि राति देखि पानी तथा हिमपात पर्ने सम्भावना

image
मङ्गलबार, माघ १८ २०७८

काठमाण्डौं - मौसम पूर्वानुमान महाशाखा अनुसार भोलि बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली भएर पानी र हिमपातको सम्भावना रहेको छ । 

आउँदो आइतवारदेखि क्रमिक रूपमा मौसम सुधार हुनेछ । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

भोलि रातिदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने भएकाले देशका धेरै ठाउँको मौसम बदली भएर कतै पानी पर्ने र हिमपात हुने भएको हो । यो प्रणालीको प्रभाव शनिवारसम्म रहने महाशाखाले जनाएको छ  ।