नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

image
मङ्गलबार, आषाढ ९ २०७७

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा  दैलेख दुल्लु नगरपालिका-३ का ४५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । 

उनको असार ८ गते राति ९:३० बजे प्रादेशिक अस्पताल सुर्खेतमा निधन भएको थियो । 

उनी क्षय रोग तथा दमका बिरामीसमेत थिए । 

उनलाई दुल्लु अस्पताल दैलेखबाट असार ३ गते रिफर गरिएको थियो । उनको असार ३ गते स्वाबको नमुना संकलन गरिएको थियो। 

उनलाई असार ४ गते कोरोना संक्रमण भएको पुष्टि गरिएको थियो ।

हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।