काठमाडौं उपत्यका अत्याधिक संक्रमित बढेपछि फेरि लकडाउन गर्ने बारे छलफल सुरु....

image
मङ्गलबार, आश्वीन २० २०७७

असोज, २० काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको डर डरलाग्दो गरि बढेसंगै पुन: लकडाउन गर्ने बारे छलफल सुरु भएको छ।फेरि लकडाउनका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल थालेको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा उपत्यकामा दैनिक १ हजार ५ सय भन्दा धेरै संक्रमित थपिन थालेका छन् ।उपत्यकामा दैनिक १ हजार ५ सय भन्दा धेरै संक्रमित थपिन थालेका छन् ।

निरन्तर संक्रमित बढेपछि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले विभिन्न विकल्पमा छलफल गरेको र त्यसमध्ये एक विकल्प लकडाउन रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालमा बेड खाली नभएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा अवस्था थप भयावहको अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

मन्त्रालयले लकडाउन नै संक्रमणको गति रोक्ने मुख्यमाध्यम भएको निष्कर्ष निकाले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल भने सकभर लकडाउन नगर्ने पक्षमा छन् ।

उपत्यकामा संक्रमितको संख्या ३१ हजार माथि

 

असोज १९ गतेसम्मको तथ्यांकमा आधारित ।काठमाडौं उपत्यकाका तीन जिल्लामा कूल संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले उपलव्ध गराएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ ।काठमाडौं जिल्लामा मात्रै संक्रमितको संख्या २५ हजार २ सय १४ पुगेको छ भने भक्तपुरमा २ हजार ५ सय ७७ र ललितपुरमा ३ हजार २ सय ७९ पुगेको छ ।

अहिलेसम्म काठमाडौं महानगरमा मात्रै १० हजार ७ सय ९६ संक्रमित भेटिएका छन् । तीमध्ये ८५ जनाको निधन भएको छ भने ६ हजार १ सय ४६ जना निको भएर घर फर्किसकेका छन् ।सोमबार दिउँसोसम्मको तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ७४ रहेको कामनपा शहरी स्वास्थ्य महाशाखाले जनाएको छ ।