कर्णालीमा थपिए २६ जना कोरोना संक्रमित

image
सोमबार, आषाढ ८ २०७७

८ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्ऽको प्रयोगशालमा भएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए lयोसँगै कर्णालीमा संक्रमितको संख्या १२८२ पुगेको छ ।

कर्णालीमा सोमबार थप २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । रुकुम पश्चिमको चौरजहारी अस्पतालको आसोलेसनबाट सल्यानका ९ जना पुरुष, सुर्खेतको सालकोट आसोलेसनबाट एक महिलासहित ६ जना, मेहेलकुना अस्पतालको आसोलेसनबाट दुईजना पुरुष र ३ जना महिला गरी २० जना डिस्चार्ज भएका हुन् ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५५१ पुगेको छ । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।