क्वारेन्टिनमा बेहोश भएका युवकको अझै उपचार हुन सकेन

image
आइतबार​, आषाढ १४ २०७७

क्वारेन्टिनमा गम्भीर स्वास्थ्य समस्या आएपछि भरतपुर अस्पताल लगिएका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ४ का २२ वर्षीय युवकको अहिलेसम्म उपचार सकेको छैन।उनी शुक्रबार बेलुकाबाट विरामी परेको भएपनि अहिलेसम्म उपचार हुन नसकेको विरामीका परिवारले सेतोपाटीलाई जानकारी गराएका छन्।

परिवारका अनुसार शुक्रबार बेलुका उनले शरीर झम्झमायो भनेको र शनिबार बिहान ७ बजेतिर अस्पताल ल्याउँदै गर्दा उनी बाटोमा बेहोश भएका थिए।उनलाई सुरूमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।त्यहाँ डाक्टरले विषालु जीवले टोकेको छ भनेको थियो।अस्पतालमा भेन्टिलेटर सहितको आइसोलेसन बेड खाली नहुँदा प्रादेशिक अस्पतालले कोहलपुर मेडिकल कलेज लैजान रिफर गरेको थियो।धनगढीबाट उनलाई राती ९ बजे कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो।

मेडिकल कलेजले उनलाई  सरकारी अस्पतालमा लैजानु भनेपछि भेरी अञ्चल अस्पताल, नेपालगंज*  पुर्‍याइएको हो।त्यहाँपनि भेन्टिलेटर सहितको आइसोलेसन वेड अभाव रहेकाले उनको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ।उनलाई राती २ बजे अस्पताल पुर्‍याइएको थियो।अस्पतालका डाक्टरले उनको चेक गरेका छैनन्। अहिले बिरामीलाई सामान्य वेडमा राखिएको छ।

'रगत जाँच गर्दा रिपोर्टमा विषालु जीवले टोकेको भन्ने जानकारी आएको छ। तर, कुन जीवले टोक्यो भन्ने खुलेको छैन', विरामीसँगै अस्पतालमा गएका परिवारका एक सदस्यले भने।परिवारका सदस्यका अनुसार विरामी अझै वेहोश छन्। अहिलेसम्म होस् आउन सकेका छैन।

भरतपुर अस्पतालले दिउँसोसम्म उपचार हुन्छ भनेर जानकारी गराएको परिवारका सदस्य जानकारी गराए।विरामी बेहोश अवस्था रहेकाले छिटो उपचार हुनुपर्ने परिवारको माग छ।विरामी जेठ २६ गते भारतबाट फर्केर तीन हप्तादेखि वडा नम्बर ४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए।