साउन,४ कालिकाेट। पचालझरना गाउँपालिका वडा नं ३ को खाँदुमा पहिरो जाँदा एक जनाको मुत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
स्थानीय जंगलमा काठ चिरानी गर्न गएका वर्ष ४६ का ध्वजवीर कठायतको पहिरोमा परी घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएस्पी श्यामबाबु ओलीयाले बताउनुभयो ।कठायतसँगै काठ चिर्न गएका मुनि बस्नेत घाइते छन् । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
मृतक कठायतका ६ वटा छोरी छन् । कठायतकी श्रीमतीको २०६८ सालमा क्यान्सर रोगका कारण मृत्यु भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो ।