असार , २८ चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड भासिएकाे छ । सडक खण्डअन्तर्गत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिएको हाे ।
आज सोमबार विहान ९:१० बजेको समयमा सडक भासिएको प्रहरीले जानकारी दिएकाे छ । अविलरल वर्षाका कारण १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।सडक भासिएपछि अहिले एकतर्फी रूपमा मात्र साे खण्डमा सवारी साधनहरू सञ्चालनमा रहेको पनि उनले जानकारी दिए ।