दैलेख पुग्यो सलह कीराको झुण्ड

image
शनिबार, श्रावण ३ २०७७

साउन, ३दैलेख । दैलेखको विभिन्न भू–भागमा सलह कीराको झुण्ड पुगेको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा देखिएको सलह कीरा शनिबार साँझ दैलेखको विभिन्न भू–भागमा देखापरेको हो ।

दैलेखको दुल्लु नगरपालिका, नारायण नगरपालिका, भगवतीमाई गाँउपालिकालगायतका नगररगाँउपालिहरुमा सलहको झुण्ड देखा परेको हो । सलह देखापर्ने बित्तिकै किसानहरु चिन्तित भएका छन् ।

उनीहरुले आ–आफ्नो बारीमा थाल ठटाएर, ड्रम बजाएर, आगो बालेर सलह धपाउन थालेका छन् । शनिबार नारायण नगरको भुर्ति, कालिमाटी भैसेखोरलगायतको विभिन्न ठाउँमा सलह धपाइएको आवाजहरु सुनिएको स्थानीय हरि बहादुर थापाले बताए ।

दैलेखको पश्चिमबाट आएको सलहको झुण्ड पूर्वतर्फ गइरहेको जनाइएको छ ।