भुक्तानी नगरेको भन्दै पूर्वाधार विकासको कार्यालयमा तालाबन्दी

image
सोमबार, आषाढ २९ २०७७

असार,२९  भाजपुर । समयमै भुक्तानी नगरेको भन्दै भोजपुरका निर्माण व्यावसायीहरुले पूर्वाधार विकासको कार्यालयमा तालाबन्दी गरेका छन् । तोकिएको समयमा नै योजनाका काम सक्दापनि प्रदेश सरकारले भुक्तानी नदिएपछि उनीहरु आन्दोलित बनेका हुन् ।

कोभिड १९ र अविरल वर्षातका बावजुत पनि विकासे योजनाका कामहरु सकेर बिल पेश गरेपनि करोडौँको भुक्तानी नहुँदा व्यावसायी र कामदार समस्यामा परेको मार्सेली निर्माण सेवाका सञ्चालक श्याम श्रेष्ठले बताए । प्रदेश सरकारसंग पटकपटक ताकेता गर्दासम्म पैसा निकासा नगराईएको उनले आक्रोश पोखे ।

‘कामदार काम मात्रै लगाएर हुन्छ, उनीहरुको पनि परिवार छ, घर चलाउनुपर्छ, हामीले बादलझरी, दिनरात नभनी काम ग¥यौँ तर अहिलेसम्म पैसा निकासा गर्ने कुनै छाँटकाँट छैन’-उनले भने ।

 

प्रदेश सरकारले योजनाका कामहरु सम्पन्न गर्दापनि भुक्तानीमा आनाकानी गरेको उनीहरुको गुनासो छ । पुर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार असार २५ सम्म भुक्तनी गरे पनि माथि बाट मौकिक रुपमा भुक्तानी रोक्ने आदेश आएको कारण निर्माण व्यवसायिहरुको करिब १७ करोड जति भुक्तानि गर्न वाकि रहेको बताए ।

भुक्तानी नभएसम्म व्यावसायीले कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गर्ने र तत्काल सुनुवाई नगरे कामदार तथा निर्माण सामग्री बिक्रेतासमेतलाई आन्दोलनमा समावेस गर्ने उत्तम खड्काले बताए । पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत ३० र धनकुटामा २५ योजना सञ्चालनमा रहेका छन् ।