सुन फालेर भागेको गाडी नखिपोटमा भेटियो

image
बिहीबार, श्रावण १५ २०७७

साउन,१५ काठमाडौं । काठमाडौंमा गत मंगलबार सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ ।

आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको  प्रहरी स्रोतले जानकारी दिएको छ ।

नखिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा गाडी भेटिएको  प्रहरीको भनाइ छ ।मंगलबार काठमाडौंको कमलपोखरीमा प्रहरी चेकिङ छलेर भागेको गाडीलाई पिछा गर्दा त्यहाँ रहेका मानिसहरुले सेतो झोला फालेर गाडीसहित फरार भएको प्रहरीको भनाइ थियो ।