भाडा छुटको माग गर्दै सिभिल मलका व्यवसायीहरु निरन्तर आन्दोलनमा

image
आइतबार​, श्रावण ४ २०७७

साउन,४ काठमाण्डाैँ। शत प्रतिशत भाडा छुटको माग गर्दै सिभिल मलका व्यवसायीहरु केही दिनदेखि आन्दोलित छन् । पूर्ण लकडाउनको अवधिको शत प्रतिशत भाडा छुट माग गर्दै सिभिल मलका व्यवसायीले मल सञ्चालकलाई चाबी समेत बुझाइसकेका छन् ।

काठमाडौँको सुन्धारा स्थित रहेको सिभिल महको सपिङ कम्प्लेक्सका व्यवसायीले लकडाउनका कारण भाडा तिर्न नसकेको भन्दै मल सञ्चालक लालकाजी गुरुङलाई ताला चाबी बुझाएका थिए ।

 

व्यवसायी र मल सञ्चालकबीच भएको छलफलमा शत प्रतिशत भाडा छुटको विषयमा निक्र्यौल हुन नसक्दा १ सय ५ जना व्यवसायीहरु आन्दोलित छ । व्यवसायीहले देश लकडाउनको अवस्थामा सञ्चालकहरु कमाउ धन्दामा मात्र लागेको भन्दै ‘अवसरवादी खबरदार , मल खोल्ने वातावरण तयार पार’ व्यापारीलाई न्याय कस्ले दिने’ जस्ता पम्प्लेट सहित प्रदर्शनमा रहेका छन्।

व्यवसायीहरुले मल सञ्चालक जिम्मेवार बन्न आग्रह समेत गरेका छन् । सफल व्यवस्थापकले आफ्नोमात्र नभएर सम्पूर्ण व्यवसायीको हितमा ध्यान दिने भन्दै असफल व्यवस्थापन चाहिदैन, मल डुबाउन पाइदैन । जस्ता नाराहरु प्रदर्शन गरेर मलसञ्चालकलाई मल खुलाउने वातावरण बनाउन माग गरिरहेका छन् ।