कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीले हान्यो अश्रुग्यास

image
शनिबार, आषाढ २० २०७७

असार, २० गोरखा । शनिबार मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ। त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

पालुङटार नगरपालिका-७ का ४४ बषर्ीय पुरुषको शव गोरखा नगरपालिका-१२ र शहिद लखन गाउँपालिका-१ को सिमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो ।

तर स्थानीयबासीले त्यसको विरोध गरेका छन् ।असार १६ गते कतारबाट आएका पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।