लेनदेन विवादमा टोखाबाट एक व्यक्ति अपहरित, ७ जना पक्राउ

image
शुक्रबार​, श्रावण २ २०७७

साउन,२ काठमाडौं । लेनदेन सम्बन्धी विवादका कारण टोखाबाट एक जना व्यक्ति ‘अपहरण’मा परेका छन् ।

टोखाका रामबाबु शाहलाई टोखाबाट एउटा समूहले नियन्त्रणमा लिएर लोकन्थलीस्थित एक घरमा बन्धक बनाएको हो । बन्धक बनाएर २५ लाख रुपैयाँको चेक मागिएकोे थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार अहिले शाहको उद्दार भइसकेको छ । थापाले भने, ‘छोराले अपहरण भएको भनेर फोन गरेपछि खोजीमा खटिएका थियौं, अहिले ७ जनालाई पक्राउ गरेका छौं ।’

पक्राउ पर्नेहरुको नाम भने उनले खुलाएनन् । भने, ‘अब सोधपुछ थालेपछि मात्र विस्तृतमा बताउन सकिन्छ ।’