नाकामा ज्यान गुमाएका वीरेन्द्र यादवको परिवारलाई ५ लाखको चेक हस्तान्तरण

image
बिहीबार, श्रावण १ २०७७

साउन, १ जनकपुरधाम । लकडाउनमा भारतबाट फर्केर मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाएका वीरेन्द्र गुरमैता यादवको परिवार लाई रू पाँच लाखको चेक हस्तान्तरण गरिएकाे छ ।

प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउतले उक्त चेक हस्तान्तरण गर्नुभएको हाे । शहिदनगर नपा- ९, गोठ कोयलपुरस्थित यादवको घरमै पुग्नुभएका मुख्यमन्त्री राउतले मृतककी श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै प्रदेश सरकारले क्षमताअनुसारको सहयोग उपलब्ध गराएको बताउनुभयो । साे अवसरमा प्रदेश सभा सदस्य राम आशीष यादव, मुख्य न्यायाधिवक्ता  दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।