सलहको मूल्य निर्धारणः खरिद प्रतिकेजी रु.१००, बिक्री ५०

image
शनिबार, आषाढ २७ २०७७

असार, २७काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले सलह किराको मुल्य निर्धारण गरेको छ । नगर कार्यपालिका बैठकले सलह ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने निर्णय गरेको हो ।

सलह खरिदका लागि विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ विनीयोजन गरिएको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए।

रानाका अनुसार नगरपालिकाको कृषि विकास शाखामार्फत सलह किरा दाना उद्योगलाई प्रतिकेजी रु. ५० मा बिक्री गर्ने निर्णय गरेको छ ।नेपालमा दुई हप्ता पहिले बारा, पर्सा र सर्लाहीबाट सलह भित्रिएको थियो ।