मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयो

image
शुक्रबार​, श्रावण २ २०७७

साउन,२ धादिङ ।  धादिङबेसीबाट पाल्पाभन्ज्याङ जानेक्रममा बिहीबार साँझ करिब ८ बजे मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर ३,००८-०२-प-२४४१ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खोल्सा खस्दा एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो ।

दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाईकल चालक नीलकण्ठ नगरपालिका वडा नम्बर(९ पाल्पा भज्याङका २६ बर्षीय राम हरी लम्सालको काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।