कोरोना संक्रमितबाट डेढ महिने शिशुको मृत्यु

image
बिहीबार, आषाढ १८ २०७७

असार,१८ । कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार काेराेना संक्रमण पुष्टि  भएको थियो ।

उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।

उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए ।