असार,२८। रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको दावी गरेको छ ।‘खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का स्वयंसेवकमा परीक्षण गरिएको र यसको प्रयोग सुरक्षित भेटिएको छ ’ इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ ।
क्लिनिकल अध्ययनका लागि औषधि दिइएका स्वयंसेवकहरुको पहिलो समूहलाई अध्ययनपछि यही बुधबार ९जुलाई १५० मा डिस्चार्ज गरिने र अर्को समूहलाई पाँच दिनपछि जुलाई २० डिस्चार्ज गरिने तारासोभले बताएका छन् ।
‘उक्त विश्वविद्यालयले रूसकै ‘गमलेई इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’ संस्थाले जून १८ मा निर्माण गरेको खोपको क्लिनिकल परीक्षण गरेको हो ।
सेचेनोभ विश्वविद्यालयले कोरोनाभाइरसविरूद्ध विश्वको पहिलो खोपको स्वयंसेवकमा सफलतापूर्वक परीक्षण पूरा गरिसकेको छ,’ तारासोभले भने।
‘यो चरणको अध्ययनको उद्देश्य मानव स्वास्थ्यमा खोपको सुरक्षालाई पुष्टि गर्नु रहेको र यो सफलतापूर्वक सम्पन्न भएको छ,’ सेचेनोभ विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी, ट्रपिकल एण्ड भेक्टर–वर्न डिजिजेज’का निर्देशक अलेकज्याण्डर लुकाशेवले भने ।
स्पुतनिकले लुकाशेभलाई उद्धृत गर्दै लेखेको छ, ‘खोपको सुरक्षाको पुष्टि भैसकेको छ । यसले हाल बजारमा रहेका अन्य खोपले जस्तै सुरक्षाको प्रत्याभूत गर्छ । ’ लुकाशेभको दावी छ, ‘खोपको थप विकास योजना भाइरसको महामारीको जटिलता र उत्पादन बढाउने सम्भावनासहित विकासकर्ताको रणनीतिले पहिले नै निर्धारण गरिसकेको छ । ’
महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभइ औषधिजस्ता महत्वपूर्ण र जटिल अत्पालनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ । तारासोभले भनेका छन्, ‘हामीले यस खोपको क्लिनिकल अध्ययनभन्दा पहिले (प्रिक्लिनिकल) तथा प्रोटोकल निर्माण र हाल भइरहेको क्लिनिकल परीक्षणमा सहकार्य गरेका थियौँ । ’
प्रतिक्रिया दिनुहोस्