साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएका हरिशरणलाई मोरङ कारागार पठाउन आदेश

image
मङ्गलबार, आषाढ ३० २०७७

असार , ३०विराटनगर । चर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका काभ्रे बेथानचोक गाँउपालिकाका हरिशरण खड्कालाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न मोरङ कारागार पठाउने आदेश दिएको छ ।

उनलाई रेडकर्नर नोटिस जारी भएपछि दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । जिल्ला न्यायाधीश मेदिनी प्रसाद पौडेलको १ नं. इजलाशमा मंगलबार भएको थुनछेक बहस पछि काभ्रेका खडकालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको मोरङ जिल्ला अदालतका श्रेष्तेदार इश्वरमणि ओझाले जानकारी दिनुभयो ।

उनको पीसीआर परीक्षण पछि मंगलबार थुनछेक बहस गरिएको थियो । सो प्रकरणमा अझै २५ जना फरार छन् । उनीहरुको पनि रेडकर्नर नोटिस जारी गरिएको छ ।

तस्करीको सुन गायब भएपछि गोरे भनिने चुडामणि उप्रेती समूहले यातना दिएर २०७४ साल फागुन १९ गते सनम शाक्यको हत्या भएपछि सुन तस्करीको घटना सार्वजनिक भएको थियो ।