नेपालगन्जमा पनि सलहको झुण्ड प्रवेश गर्यो, किसान चिन्तित

image
बिहीबार, श्रावण १ २०७७

साउन,१ नेपालगन्ज । बाँकेको नेपालगन्जमा सलहको झण्ड देखिएको छ । विहीबार बाँकेकै राप्तीासोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका, डुडुवागाउँपालिका हुँदै नेपालगन्ज उपमहानगरपालिकामा पनि सलहको झुण्ड देखिएको हो ।

नेपालगन्जको आकाशमा सलहको ठूलै झुण्ड देखिएको स्थानियले बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, २, ४, ५, १८, २०, २१ र २२ वडामा देखिएको सलह नेपालगन्ज उपमहानगरपालिका धम्बोझी, गणेशपुर, कारकाँदो, न्युरोड, सल्यानीबाग, फुल्टेक्रा, बसपार्क हुँदै कोहलपुर क्षेत्रतिर गएको स्थानिय भुमिसरा वाग्लेले बताउनुभयो ।

यसरी सलहको झुण्ड देखेको थिएन पहिलो पटक सलहको झुण्ड देखिएको वाग्लेले बताउनुभयो । ‘सलह नेपालमा पनि आएको सुने तर आज प्रत्यक्ष देखे,’ घरको छतमा बसेर सलहको भिडियो बनाउँदै वाग्लेले भन्नुभयो ।

बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिकाको गंगापुर लगायतको क्षेत्रमा देखिएको सलह बुधबार बेलुका बाँकेको डुडुवा गाउँपालिका लगायतको क्षेत्रमा देखिएको थियो ।

नेपालगन्ज सहरको आकाशमा सलह देखिएपछि स्थानीयहरु त्रसिद बन्नुका साथै सलह हेर्नकै लागि घरबाहिर, घरको छत तथा सडकमा स्थानीयको भिड समेत लागेको छ । बाँकेको डुडुवा गाउँपालिकामा बुधबार सलह प्रबेश गरेपछि गाउँपालिकाले सलह संकलन गरेमा प्रतिकिलो २० रुपैयाँ दिने घोषणा गरेको थियो ।

यद्यपी बाँकेका विभिन्न क्षेत्रमा सलह देखिएसँगै किसान चिन्तित बनेका छन् । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको सलह नरैनापुर गाउँपालिकाको गंगापुर हुदै बुधबार डुडुवामा प्रबेश गरेको थियो भने यतिबेला सलहको झुण्ड नेपालगन्ज सहरको आकाशमा बाक्लो रुपमा देखिएको छ ।

सलहको झुण्डले कहाँ र कुन कुन किसानको खेतवारी नष्ट गर्ने बारे अन्योल्ता रहेको छ । ‘यत्रो ठूलो झुण्ड खेतवारीमा बसे भने के हालत होला ?’ एक किसानले भन्नुभयो ।