साउन,१ सल्यान । सल्यान थारमारेमा रहेको मुक्तिनाथ बिकास बैंक थारमारे शाखामा शंकास्पद बस्तु फेला परेको छ ।
बैंकको सटरमै बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हेर्दा बम जस्तो देखिने बस्तु सटरमा झुण्ड्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीलाई गएराति १२ बजेतिर यसवारेमा जानकारी प्राप्त भएको थियो ।
हेर्दा बम जस्तो बस्नु देखिने भएकाले त्यो बम हो की होइन भनेर यकिन गर्न र त्यसलाई निस्क्रिय बनाउन नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ हिडेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।