एकै दिन १ हजार ७ सय ५ जना निको भए

image
सोमबार, आषाढ २९ २०७७

असार, २९ काठमाण्डाैँ । कोरोना भाइरस कोभिड १९ संक्रमणको प्रभाव कमजोर हुँदै गर्दा निको भएर डिस्चार्ज हुनेहरुको संख्यामा सोमबार एकै दिन उल्लेख्य वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४४ जना संक्रमित फेला पर्दा निको हुनेको संख्या १ हजार ७ सय ५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ७ जना ५ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।

निको हुनेको प्रतिशतमा यो ६० दशमलव ७ प्रतिशत हो । यो संख्याले पनि नेपालमा कोरोना संक्रमणको प्रभाव कमजो बन्दै गइरहेको पुष्टि समेत गरेको छ ।